आश्रयAashraya — a novel by Sujan Dahal
First edition, २०८३ (2026), at press now. 290 pages, twenty-seven chapters in four parts, in Nepali. सुजन दाहालको पहिलो उपन्यास।
घर खोज्ने यात्राभन्दा कठिन हुन्छ आफूलाई खोज्ने यात्रा।
लेखकको भूमिका — from the author's preface
मानिस जीवनभर कुनै न कुनै आश्रयको खोजीमा हुन्छ।
कसैले घरमा आश्रय खोज्छ, कसैले सम्बन्धमा, कसैले सफलतामा, कसैले ईश्वरमा, अनि कसैले आफ्नै एकान्तमा।
तर समयसँगै थाहा हुन्छ — बाहिर खोजिएको प्रत्येक आश्रय एक दिन भत्किन सक्छ।
‘आश्रय’ कुनै प्रेमकथा मात्र होइन। यो विश्वास, बिछोड, आत्मसंघर्ष, स्मृति, एक्लोपन र आफ्नो अस्तित्व खोज्ने यात्राको कथा हो।
यस कृतिमा मैले मानिसले अनुभव गर्ने ती मौन भावनाहरूलाई शब्द दिने प्रयास गरेको छु — जो प्रायः बोलिँदैनन्, तर भित्रभित्रै बाँचिरहन्छन्।
यो पुस्तक कुनै निश्चित उत्तर दिनका लागि लेखिएको होइन। बरु, पाठकहरूले आफ्नै जीवन, आफ्ना सम्बन्ध र आफ्नै ‘आश्रय’लाई नयाँ दृष्टिले हेर्न सकून् भन्ने उद्देश्यले लेखिएको हो।
— सुजन दाहाल
In English
What the book is
A young man in a narrow rented room in Kathmandu, where the window looks onto a neighbour's wall close enough to touch and blank enough to say nothing back. The power goes at dusk and he sits in the light of his phone, the way an early human sat beside a small blue fire.
People call him calm. He knows that calm and loneliness look identical from a distance.
On 20 June 2021 a message arrives. Five years later, at two in the morning, a photograph does. Between those two screens the novel travels from Kathmandu to Kyoto and back, through twenty-seven chapters, asking what a shelter is and whether any of the ones we build outside ourselves can hold.
It is drawn from the author's own life. Some names and details have been changed.
विषयसूची — contents
Twenty-seven chapters, four parts
खण्ड एक : अपरिचित
२०२१ – २०२३
- अध्याय १ : संयोगको एल्गोरिदम
- अध्याय २ : अपरिचितको काँध
- अध्याय ३ : मानिसले बाटो रोज्छ कि बाटोले मानिसलाई?
- अध्याय ४ : चार मिनेटको प्रतीक्षा
- अध्याय ५ : दाइको दौडेको आवाज
खण्ड दुई : एउटै आकाश
- अध्याय ६ : जापान — आशाको देश
- अध्याय ७ : निलो पोशाक
- अन्तर्खण्ड : गुलाब
- अध्याय ८ : साधारण दिनहरू
- अध्याय ९ : साइकलको घण्टी
- अध्याय १० : बाल्यकाल कहिल्यै सकिँदैन
- अध्याय ११ : आमाको संसार
- अध्याय १२ : फुजीमुनि गरिएका वाचाहरू
- अध्याय १३ : नयाँ वर्षको पहिलो कामना
- अध्याय १४ : फर्किने बाटो
खण्ड तीन : दुई देश
- अध्याय १५ : नयाँ सुरुवात
- अध्याय १६ : एउटै उडान, एउटै सिट
- अध्याय १७ : नरोजिएको बाटो
- अध्याय १८ : भविष्यको आकार
- अध्याय १९ : मौनको सहर
- अध्याय २० : गाउने कटौरा
- अध्याय २१ : ज्योतिष र नियति
- अध्याय २२ : अन्तिम बिछोड
खण्ड चार : शून्यबाट ध्वनि
- अध्याय २३ : नपठाइएका सन्देशहरू
- अध्याय २४ : शून्य
- अध्याय २५ : धोबीघाट, राति तीन बजे
- अध्याय २६ : एउटा अधुरो वाचा
- अध्याय २७ : उल्टो प्रश्न
- उपसंहार : आश्रय
पूर्वकथा — the opening pages
२०२६, जुन। राति दुई बजे।
फोन बज्यो। स्क्रिन उज्यालियो।
त्यही स्क्रिन — जुन पाँच वर्षअघि एउटा साँझ “Yes, of course…” लेखिएर उज्यालिएको थियो।
आज त्यसमा एउटा तस्बिर थियो।
दुलही उनी थिइन्। दुलहा… म थिइनँ।
रिस आएन। आँसु आएन। आवाज आएन।
केवल एउटा अनौठो शून्यता।
त्यो रात मैले सयौँ सन्देश लेखेँ। सयौँ मेटाएँ।
अन्त्यमा एउटा मात्र बाँकी रह्यो। दुई शब्द।
Be Happy. Send.
पाँच वर्ष। एक दिन नपुग्दो।
यो कथा यहीँ सकिन्छ। सुरु भने धेरै पहिले भएको थियो।
२०२१, जुन २०। एउटा सन्देशबाट।
अनि एउटा प्रश्नबाट, जुन मैले त्यतिबेला सोध्नै जानेको थिइनँ —
आखिर आश्रय के हो?
आश्रय — पूर्वकथा
Lines from the novel, in Nepali and English
A few sentences
-
शान्तता र एक्लोपन टाढाबाट उस्तै देखिन्छन्।
Calm and loneliness look the same from a distance.अध्याय १ : संयोगको एल्गोरिदम
-
कहिलेकाहीँ मानिसको सम्पूर्ण जीवन एउटा ठूलो निर्णयले बदलिँदैन। एउटा बटनले बदलिन्छ।
Sometimes a whole life isn't changed by a large decision. It's changed by a button.अध्याय १
-
मानिसका हरेक ‘रुचि’को फेदमा, अलिकति खन्यो भने, एउटा भागाइ भेटिन्छ।
Dig a little at the root of anything a person calls an interest and you will find something they were running from.अध्याय १
-
बाहिर खोजिएको प्रत्येक आश्रय एक दिन भत्किन सक्छ।
Every shelter you look for outside yourself can fall down one day.लेखकको भूमिका
-
पीडाको पनि एउटा उत्तरदायित्व हुँदो रहेछ।
Pain, it turns out, carries a responsibility of its own.लेखकीय
-
मैले पुस्तक लेखिनँ। पुस्तकले मलाई लेख्यो।
I did not write the book. The book wrote me.लेखकीय
-
यो त्यो मानिसको हो, जो अहिले कुनै अपरिचित सहरमा राति दुई बजे फोन हातमा लिएर बसेको छ, र कसलाई फोन गर्ने भनेर सम्झन सकिरहेको छैन।
This book belongs to whoever is sitting in an unfamiliar city at two in the morning with a phone in their hand, unable to think of anyone to call.अन्तिम पृष्ठ
पाठकका लागि केही प्रश्नहरू
Questions the book leaves you with
Printed at the back of the novel, for readers and reading groups.
- घर के हो?What is a home?
- प्रेम किन हुन्छ?Why does love happen at all?
- भगवान किन मौन हुनुहुन्छ?Why is God silent?
- सम्झना किन बाँचिरहन्छ?Why does memory keep living?
- प्रेम भनेको सँगै बाँच्नु हो कि कसैको स्मृतिलाई सम्मान गर्न सक्नु?Is love living alongside someone, or being able to honour their memory?
- मानिसहरू किन एकअर्कालाई भेट्छन्, यदि अन्त्यमा छुट्टिनु नै छ भने?Why do people meet each other at all, if parting is the end of it?
- हामी कसैलाई प्रेम गर्छौँ, कि उनीसँग भएको आफूलाई?Do we love a person, or the version of ourselves we were beside them?
- आखिर आश्रय कहाँ छ?Where is shelter, in the end?
- तिम्रो जीवनमा त्यो सडकबत्ती को हो? र तिमी… कसको सडकबत्ती बनेका छौ?Who is the streetlight in your life? And whose streetlight have you become?
Publication details and where to buy
Out shortly
| Title | आश्रय (Aashraya) |
|---|---|
| Author | Sujan Dahal · सुजन दाहाल |
| Language | Nepali |
| Genre | उपन्यास |
| Registered | Nepal Copyright Registrar's Office, certificate B-0170 |
| Edition | First, २०८३ (2026) |
| Status | At press — out shortly |
| Publisher | Smart Access Network Business Enterprises Pvt. Ltd., Chandrapur-4, Rautahat, Madhesh |
| Pages | 290 |
| ISBN | 978-9905-00-803-8 |
आश्रय is at press now and will be available within weeks. Bookshop listings are being set up and will be linked here the moment they go live.
Smart Access Network Business Enterprises Pvt. Ltd.
Chandrapur-4, Rautahat, Madhesh, Nepal
९७१२००९००६
Booksellers, libraries and reviewers can also write to contact@sujandahal.name.np directly.
All royalties fund student scholarships.